दफा
अधिग्रहण गरिएको सम्पत्ति हेरफेर तथा मर्मत गर्ने

दफा ३ अन्तर्गत कुनै घरजग्गा अधिग्रहण गरेपछि नेपाल सरकारले आदेशद्वारा त्यस्तो घर जग्गा सोही आदेशमा तोकिए बमोजिमको तरीका र समयमा धनीबाट आवश्यक मर्मत गर्न लगाउन सक्नेछ र त्यस्तो आदेश बमोजिम गर्नु पर्ने कुनै मर्मत धनीले नगरेमा नेपाल सरकारले सो मर्मत निजले कुनै क्षतिपूर्ति पाउने भए त्यसबाट लागेको खर्च कटाउने गरी गर्न सक्तछ ।

अधिग्रहण गरिएका घर जग्गालाई अधिक सुलभ तरीकाबाट चलन गर्नको निमित्त नेपाल सरकारले आफनो खर्च लगाई मनासिब माफिकको हेरफेर पनि गर्नेछ ।